भ्रष्टाचार विरुद्ध नेपालको परिचय
जी.प्र.का. दर्ता नं. ८०५/०७३/०७४ स.क.प.आ. नं. ४३६४५
प्रस्तावना
विगत लामो समयदेखि नेपाली जनताको निरन्तर संघर्ष र योगदानको बाबजूद हाल "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान - २०७२" जारी भएको छ। उक्त संविधानले नागरिकको मौलिक हक, अधिकार, कर्तव्य तथा जिम्मेबारी बारेमा विभिन्न धारा, उपधारा, दफा तथा उपदफा सहित उल्लेख गरेको भएता पनि समग्र देश बिकास र दैनिक जनजिविका माथि प्रत्यक्ष प्रभाव पार्ने बिषय "भ्रष्टाचार उन्मूलन" सम्बन्धि बिषयले स्थान पाएको देखिदैन जसको फल स्वरूप देशमा बिभिन्न खाले भ्रष्टाचार, घुसखोरी, कालोबजारी, बजार कृतिम अभाव जस्ता अनैतिक तथा अनुचित कार्यहरूले आम जनमानसमा त्रास र आतंक फैलाई रहेको छ । तसर्थ यस्ता क्रियाकलापहरुलाई निरुत्साहित पार्दै आमनागरिक, प्रशासन, सरकार, राज्य साथै सम्पूर्ण सम्बन्धित पक्ष तथा निकायहरुलाई सु-सुचित, सचेतना, सशक्तिकरण तथा खबरदारी गर्दै नागरिकको समुन्नत जनजिबिका र भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माणका लागि योगदान पुऱ्याउने उद्देश्यले एउटा सामाजिक संस्थाको आवश्यकता महशुस भएकोले हामी सचेत नेपाली नागरिकहरू मिलि "भ्रष्टाचार बिरुद्ध नेपाल Nepal Against Corruption " नामक संस्थाको बिधान - २०७३ तयार पारी संस्था दर्ता ऐन २०३४ को अधीनमा रही काठमाडौं जिल्ला प्रशाशन कार्यलय काठमाडौंमा मिति २०७३ साल जेष्ठ २८ गते विधिवत रूपमा दर्ता भई समाज कल्याण परिषदमा समेत आवद्धता लिई सदाचार, सुशासन र राष्ट्रहितमा समर्पित भई कार्य गरीरहेको छ।
अपिल
देश विकासका मुख्य बाधक र राज्यको प्रमुख शत्रुको रूपमा देखा परेको भ्रष्टाचार, कालाबजारी, घुसखोरी, बजार कृत्रिम अभाव, अनियन्त्रित तथा असन्तुलित महंगीको डरलाग्दो अवस्थाले गर्दा देशका बहुसंख्यक जनताको जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ। यसको प्रत्यक्ष असर देशका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक वातावरण व्यवस्थापन लगायत राज्यको प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा संचार क्षेत्रमा समेत परेको छ। जसका परिणाम स्वरूप देश विकास, परिवर्तन र निकासको ढोका बन्द रहेको अवस्था छ। यो समस्यालाई यथाशीघ्र हल गर्न नसकेमा विश्व मानचित्रमा नेपालको छवि नकरात्मक छापको रूपमा देखा पर्न सक्छ। यसको ज्वलन्त उदाहरण दक्षिण अफ्रीकी मुलुक सोमालिया र उत्तर कोरिया जस्ता देश रहेका छन। यसै कममा सन् २०१५ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले (ग्लोबल करप्सन व्यारोमिटर - २०१५) नेपाल सम्बन्धि गरेको सर्वेक्षणमा समेत नेपाल विश्वमा ने अधिक भ्रष्टाचार हुने देशको सुचिमा निकालिएको छ । त्यसमा सबै भन्दा बढ़ी भ्रष्टाचार राजनीतिक दल र दलका नेताहरूबाट करीब ७४% र नेपाल सरकारका निजामती कर्मचारीहरूबाट करीब ६९% भ्रष्टाचार हुने तथ्य सार्वजनिक भएको छ। जसभित्र नीतिगत भ्रष्टाचार, आर्थिक भ्रष्टाचार, नियोजित भ्रष्टाचार, निर्देशनात्मक भ्रष्टाचार, भौतिक तथा सामाजिक भ्रष्टाचार, बौदिक तथा आत्मिक भ्रष्टाचारजन्य घटनाहरू भैरहेको पाईन्छ। जसले गर्दा देशभर आम जन-जीवनमा त्रास र आतंक मौलाईरहेको छ। विगत लामो समयदेखि नेपाली जनताले विभिन्न कालखण्डमा गरेका संर्घष, आन्दोलन र बलिदानीपूर्ण योगदानका बाबजूद देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान - २०७२ घोषणा भएको छ। तैपनि उक्त संविधानका दफा तथा धाराहरूमा भ्रष्टाचार सम्बन्धि विषयलाई कडा रूपमा समेटन सकेको छैन। जसले गर्दा भ्रष्टाचारजनित जघन्य अपराधको घटनाहरू न्यूनिकरण, निरुत्साहित हुनुको सट्टा भन खुल्ला रूपमा बढ़दो दरमा छ। यो घटना लोकतान्त्रिक विधि र अभ्यासको कड़ा चुनौतिको रूपमा देखा परेको छ । संवैधानिक नियम, कानून र ऐन जति राम्रो भए पनि त्यसलाई व्यवहारमा कार्यन्वयन गर्न सकिएन भने अर्थहिन बन्दछ । जबसम्म भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण हुँदैन र भ्रष्टाचारले प्रश्रय पाईरहन्छ तबसम्म देशले बिकासको गति लिन सक्दैन । यो सत्यतालाई मनन गर्दै भ्रष्टाचार जन्य बिषयलाई पूर्णरूपमा कानुनी दायरामा ल्याई नियन्त्रण, निरुत्साहित, बहिस्कार तथा कारबाही गर्नु पर्दछ । राज्यको नितिगत निर्देशनात्मक सिद्धान्त भित्र यो बिषयलाई प्रमुख स्थानमा राखेर कार्यान्वयनमा लैजानु पर्दछ । भ्रष्टाचार, अन्याय, अत्याचार र दण्डहिनताको विरूद्ध सदाचार, सु-शासन, न्याय, समृद्धि र विकासको आवाज आम नागरिकको तर्फबाट ने बुलन्द बनाउनु पर्ने आजको आवश्यकता मात्र नभई खाँचो भैसकेको छ। तसर्थ नेपाल र नेपालीको राष्ट्रीय हितको खातिर स्वतन्त्र नागरिक समाज, मानवअधिकारकर्मी, सम्पूर्ण भ्रष्टाचार विरोधी, देशप्रेमी, डाक्टर, इन्जिनियर, पत्रकार, कालाकार, कानूनविद, उद्योगी व्यवसायी, प्राध्यापक, राजनैतिक, आर्थिक तथा पराराष्ट्र विशेषज्ञ, शिक्षक, विद्यार्थी, युवा, किसान तथा आम नेपाली दाजुभाई तथा दिदीबहीनीहरूलाई यो भ्रष्टाचार विरूद्ध अभियानमा स्व-स्फूर्त ढंगले एकताबद्ध भई सहकार्य एवं सहयोग गर्दै आम नागरिकको सम्मून्नत जनजिवीका र भ्रष्टाचार मुक्त समृद्ध नेपाल निर्माण कार्यमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीतिलाई आत्मसात गर्दै अगाडी बढ़नका लागि हार्दिक अपिल गर्दछौं।
उद्देश्य तथा कार्यक्रमहरु
- यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था रहने छ।
- "समुन्नत जनजिविका र भ्रष्टाचार मुक्त समृद्ध नेपाल" निर्माण गर्ने कार्यमा योगदान पुऱ्याउने।
- देशमा बढ़दो भ्रष्टाचार, कालाबजारी, घुसखोरी, अनियन्त्रित तथा असन्तुलित महंगी, बजार कृतिम अभाव जस्ता अनैतिक तथा अव्यवहारिक क्रियाकलाप नियन्त्रण, निरुत्साहित एवं कारबाही गर्न सहयोग गर्ने।
- भ्रष्टाचारजनित कार्यहरूप्रति आम नागरिक, विभिन्न पेशाकर्मी, बुद्धिजीवी, व्यवसायी, बर्ग, क्षेत्र, लिंग साथै राज्यका सम्पूर्ण अंग तथा निकाय, सरकार, कर्मचारी प्रशाशनलाई सचेतना, सुसुचित, सशक्तिकरण, दबाब तथा खबरदारी गर्ने।
- भ्रष्टाचारजनित कार्यहरुलाई निरुत्साहित, निर्मूल, बहिष्कार तथा नियन्त्रण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू जस्तैः अन्तरक्रिया, सेमिनार, गोष्ठी, भेला, ऱ्याली, सभा, सम्मेलन लगायत विभिन्न व्यक्तित्व विकास, नेतृत्व विकास एवं आध्यात्मिक ज्ञान सम्बन्धि तालिम तथा प्रशिक्षणहरूको आयोजना गर्ने।
- "घुस खान्नौं र खान दिदैनौं" भन्ने नारालाई आत्मसात गर्दी “भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलता" को नीतिलाई अवलम्बन गर्न सम्बन्धि पक्षहरुलाई सचेतना दिलाउने।
- भ्रष्टाचार जनित कार्यलाई रोक्ने उद्देश्यले स्थापना भएका विभिन्न व्यक्ति, संघ, संस्थाहरूसँग सहकार्य गर्दी अगाडी बढ़ने।
- भ्रष्टाचार जनित कार्यलाई रोकने उद्देश्यले विभिन्न संचार माध्यमहरु जस्तैः छापा तथा प्रकाशन, विद्युतिय संचार माध्यम तथा आम संचारका प्रविधिहरु प्रयोग गरि कार्यक्रम निर्माण, प्रचार-प्रसार तथा पत्रपत्रिका, बुलेटिन प्रकाशन गर्ने।
- भ्रष्टाचार र घुसखोरी नगर्ने सदाचारी नागरिक, राष्ट्रसेवक, कर्मचारी तथा नेताहरुलाई सम्मानित गर्दै देश बिकासमा अभ अग्रसर भई क्रियाशिल बन्न हौसला प्रदान गर्ने।
- सामाजिक लेखा परिक्षण (Social Audit) र नागरिक सूचनाको अधिकार (Right to Information) जस्ता बिषयलाई पारदर्शी ढंगले लागु गर्न सहजिकरण तथा सहकार्य गर्ने।
- देशको आवश्यकता र जनचाहना अनुरूप नागरिक अध्यादेश र भ्रष्टाचारजन्य अनुचित कार्यको छानबिन गर्न स्वतन्त्र शक्तिशाली संम्बैधानिक आयोगको स्थापनाका लागि जनमत सृजना गराउने।
- भ्रष्टाचारजन्य घटना तथा सार्वजनिक सरोकारका बिषयहरू बारे अध्ययन, अनुसन्धान र सरोकार जनाउन उच्च स्तरीय टोली, समिति, कार्यदल वा आवश्यक सम्यन्त्र गठन गर्ने।
- भ्रष्टाचारजन्य अनुचित कार्यमा सम्लग्न निकायलाई नागरिक तहबाटभरपर्दो जानकारी र सूचना दिने, भ्रष्टाचारमा संलग्न व्यक्ति संघ-संस्था तथा निकायहरुलाई नागरिक तहबाट बहिष्कार गर्ने, भ्रष्टाचार सम्बन्धि मुद्दा फास्टट्रयाकबाट छिटो छरितो ठंगबाट फैसल गर्ने कानुन निर्माणका लागि दबाव दिने।
अध्यक्षको सन्देश
अन्यायको बिरुद्धमा हामी लडिरहेका छौं। भ्रष्टाचार अन्याय हो । यो साधारणतया पाँच किसिमका हुन्छन्।
१. नीतिगत भ्रष्टाचार
२. नियोजित भ्रष्टाचार
३. निर्देशनात्मक भ्रष्टाचार
४. आर्थिक भ्रष्टाचार
५. भौतिक तथा सामाजिक भ्रष्टाचार
“नेपाल" हाम्रो प्यारो देशमा राजनीतिक अस्थिरताको प्रमुख कारण राजनितिक क्षेत्रमा ७४% तथा निजामती कर्मचारीहरू बाट ६९% भ्रष्टाचार हुने गरेको छ। भ्रष्टाचारको यस्तो तथ्याङ्क सन् २०१५ मा ट्रान्स्परेन्सी इन्टरनेशनलले (ग्लोबल करप्सन व्यारोमिटर २०१५) नेपाल सम्बन्धी गरेको सर्वेक्षणबाट सार्वजनिक भैसकेको सर्वविधितैछ । वर्तमान राजनीतिक अस्थिरता र भ्रष्टाचार विकेन्द्रीकरणले सम्पूर्ण देशको मेरूदण्ड न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकालाई यसरी प्रभावित गरेको छ कि हामी यसको व्याख्या गर्न असमर्थ भएका छौ।
मेरूदण्डलाई नै तोड़ने यस्तो स्थिति आज देखा परेको छ। सर्वसाधरण गरीब जनता तथा मध्यम वर्गीय समुदाय भ्रष्टाचारको चरमोत्कर्ष शिकार भैरहेको र देश बिखण्डन सम्मको स्थितिमा उन्मुख भइरहेको देख्दा आफ्नो देश संगको माया प्रितिले अभिप्रेरित भई यो संस्थाको जन्म दिएको हो।
"विचारलाई आचारमा परिणत नगर्दा बिचार यथावत् मस्तिष्कमा बिकार उत्पन्न गर्दछ ।" त्यसकारण देशको वर्तमान परिवेशलाई मध्य नजर राख्दा "भ्रष्टाचार विरूद्ध नेपाल" मा यहाँहरूको सहभागिताको अपेक्षा अन्तष्करणबाट मैले गरेको छु तथा यहाँ सबैलाई स्वागत गर्दछु।
ई. आर. के. ठाकुर
अध्यक्ष
अन्तिम लक्ष्य
भ्रष्टाचार, घुसखोरी, कालाबजारी, राजस्व छली जस्ता अनुचित क्रियाकलापबाट हुने रकम राष्ट्रको ढुकुटीमा बचत हुनेछ र उक्त रकमले देश बिकास, सुशासन र समृद्धिको कार्यमा लगाउन सकिन्छ । देशमा स्व-रोजगारको व्यवस्था हुनेछ र स्व-उत्पादनमा लगानी गरी देशको आर्थिक बृद्धिदर (GDP) ₹ प्रतिव्यक्ति आय (Per Capita Income) बढ़नेछ । परनिर्भर अर्थतन्त्रबाट मुक्त भई स्वाधिन अर्थतन्त्रको विकास हुनेछ । आर्थिक विकासको आधार मजबूत बन्नेछ। देश बिकास र समृद्धिको चरणमा अगाडि बढ़दै जानेछ र धनी गरिब बिचको खाडल पुरीदै जानेछ। अन्ततः सदाचार, सु-शासन, न्याय, समृद्धि र विकासको गति अगाडि बढ़नेछ साथै समुन्नत जनजीबिका र भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माण हुनेछ।
संस्थामा संलग्न विशेषज्ञ तथा व्यवसायिक व्यक्तित्वहरु :
- सुशासन, पारदर्शीता र कानुनी परामर्श
- आमसञ्चार, मिडिया, सूचना प्रविधि र परिचालन
- लैंगिक समानता र सामाजिक समाबेशीकरण
- शिक्षा, चेतना अभिवृद्धि र अभियान
- भौतिक पूर्वाधार बिकास र दिगोपना
- रणनीतिक योजना तर्जुमा र कार्यान्वयन
- अन्तरकृया, छलफल, गोष्ठी र तालिम
- अध्यात्मिक ज्ञान / बिज्ञान परामर्श र प्रशिक्षण
- अन्तर्राष्ट्रीय सम्बन्ध विस्तार तथा व्यवस्थापन
- संघ-संस्था समन्वय र संजाल बिकास
सम्पर्क ठेगाना:
काठमाडौं महानगरपालिका वडा नं. ३१
नयाँ बानेश्वर, काठमाडौं, नेपाल (अन्तर्राष्ट्रीय सम्मेलन केन्द्र पछाडी)
फोन नं .: ९८१३०७६८५५, ९८५११६६८२७, ९८६२७३४४८६
ई-मेल: nacnepal2016@gmail.com
वेबसाइट : www.nacnepal.org